Direccion de correo: Debes iniciar sesion para ver!
Website: Ninguna suministrada
Genero: Masculino
Perfil:
I am a native Nepali speaker graduated in Informational Technology providing linguistic services since 2008 as a full-time translator.
During the past 5 years, I have worked with almost all giant companies. I have done very well in our cooperation.
I think it'll be a great honor to become one of your service providers.
My field of expertise is IT, legal, finance, general medicine etc. But I have experience of all domains..
Titulo de articulo: अनलाइन शिक्षा – सबैलाई फाइदाजनक
Fecha de creacion: 05/17/2013
Ultima actualizacion: 05/17/2013
Idioma: Nepali
Categoria: Education
Rango de TranslatorPub.Com: 193
Vistas: 3229
Comentarios: 0
Valoracion: 0, Puntaje promedio: 0 (10 Max)
Texto:
शिक्षाको नाममा बच्चाहरूलाई सधैं सताउने आमा-बुवाको जमाना बितिसकेको छ। आजकालका आमा-बुवा चाहन्छन् कि कला र खेल जगतमा पनि आफ्नो सन्तान अग्रणी रहुन। बाल-बालिकाहरू संगीत, नाट्य, चित्रकला, खेलकुद सबै क्षेत्रहरूमा अगाडी बढीरहेका छन्। तर, आमा-बुवालाई स्थानान्तरित हुन थुप्रै कुराहरूले घेरिरहेका हुन्छन्। कम्प्युटर युगको नयाँ द्वार… कलामा अभिरुचि हुँदा हुँदै पनि विभिन्न प्रशिक्षण केन्द्रहरूबाट टाढा रहनु पर्ने र शिक्षा-परीक्षा आदि कारणहरूले बच्चाहरू कलाहरूबाट वञ्चित रहिरहेका हुन्छन्। यस्ता कलाहरूको ज्ञान दिएर आफ्नो गुजारा गर्ने शिक्षक पनि विद्यार्थीहरूको अभावबाट दु:खी रहेका हुन्छन्। आजको कम्प्युटर युगले यी सबै कुराको लागि नयाँ द्वार खोली दिएको छ। सूचना उद्योगको सामर्थ्यमा वृद्धि, न्यून मूल्यमा कम्प्युटर उपलब्ध हुनु, इन्टरनेट ब्रोड-ब्याण्ड सुविधा उपलब्ध हुनु आदीको परिणाम स्वरूप अनलाइन गुरु-शिष्य सम्बन्धको बीज रोपिएको छ। प्रक्रिया यस प्रकार छन्: दृश्य एवम् श्रव्य पद्धति… शिक्षकहरू वेब-साइट खोलेर विश्वलाई आफ्नो परिचय दिन्छन्। वेब-साइटको माध्यमबाट शिक्षकहरूको जानकारी हासिल गर्नको लागि विद्यार्थी शिक्षकहरूसँग सम्पर्क गर्छन् र शिक्षा लिन्छन्। जो टाढा रहेका हुन्छन् उनीहरूको लागि सफ्टवेयर निकै लाभप्रद हुन्छ। अडियो र भिडियो रेकर्डिङ् तथा सम्पादन सफ्टवेयरको प्रयोग गरेर शिक्षक र गुरु ई-मेल, च्याटिङ् व्यवस्थाको माध्यमबाट दृश्य एवम् श्रव्य (अडियो भिजुवल) पद्धतिमा आफ्नो विद्यार्थीहरूलाई शिक्षा दिन्छन्। फलतः विदेशमा रहने विद्यार्थी पनि आफ्नो अभिरुचि अनुसार शिक्षा प्राप्त गर्न सक्छन्। अनलाइन पाठ्यक्रमद्वारा शिक्षकहरू पनि आफ्नो अस्तित्वलाई बनाई राख्न सक्छन्। डिजिटल रूपमा… प्रश्न उठ्छ कि यो कसरी सम्भव छ तर यसका समाधानहरू हुन्, अनलाइन च्याट, भिडियो कन्फेरेन्सिङ। अनलाइन शिक्षणको यति धेरै विकास भइसकेको छ कि अनलाइन पाठ्यक्रमहरूको सञ्चालन गरेर उपाधि गर्ने भर्चुअल विश्वविद्यालय पनि स्थापित भई सकेका छन्। यति मात्र होइन कि, अन्य देशमा रहेका ख्याति-प्राप्त विश्वविद्यालयहरूले विभिन्न देशमा रहेका विद्यार्थीहरूको सहजताको लागि इन्टरनेटको माध्यमबाट डिजिटल रूपमा पाठ्यक्रम उपलब्ध गराइरहेका छन्। वर्तमान स्थिति… यही माध्यमबाट अनेक अध्यापक र शिक्षण संस्थाहरू दृश्य, श्रव्य रूपमा शिक्षा दिएर शिक्षक र शिष्य सम्बन्धलाई सुदृढ बनाइरहेका छन्। विज्ञान, शोधको क्षेत्रमा अनलाइन शिक्षाको महत्व बढिरहेको छ। वर्तमान स्थिति यो छ कि अनेक अध्यापक विदेशी छात्रहरूको गणित, विज्ञान आदि पढाएर हज़ारौं डलर कमाईरहेका छन् र यसरी अनलाइन शिक्षाको माग बढिरहेको छ।